नेकपामा स्थानीय काङ्ग्रेस नेता प्रवेश

नेकपामा स्थानीय काङ्ग्रेस नेता प्रवेश

ओखलढुङ्गा : नेपाल कम्युनिस्ट पार्टी ओखलढुङ्गामा स्थानीय काङ्ग्रेस नेता प्रवेश गरेका छन् । ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा सोमबार पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।

पार्टी प्रवेश गर्नेमा प्रबलाल तामाङको नेतृत्वमा नवीन राई, जिलि राई, अन्जन राई लगायत ७ जना प्रवेश गरेका छन् । प्रबलाल तामाङ २०४९ र २०५४ सालमा दुई पटक स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट जितेका थिए । हाल उनी नेपाली काङ्ग्रेसको कृयासिल सदस्य भएर स्थानीय नेता भई काम गरेका थिए । उनीहरूले वर्तमान व्यवस्था र सत्ताको नेतृत्वले नेपाली राष्ट्रियता र जनताको निम्ति काम नगरेको कारणले आँफूहरू यो व्यवस्थाबाट हैरानी भएर आफूहरू विकल्प सहितको सहि पार्टी रोजेको बताएका छन् ।

नव प्रवेशीहरूलाई स्वागत गर्दै बधाई मन्तव्य जिल्ला इन्चार्ज विवेकले राख्दै अबको विकल्प र राष्ट्रको नेतृत्व गर्ने नेपाल कम्युनिस्ट पार्टी नै भएको हुँदा सम्पूर्णलाई गोलबद्ध हुन आह्वान गरे ।

कार्यक्रममा जिल्ला इन्चार्ज विवेक, जिल्ला सदस्य बोजबहादुर खत्री, युवन राई, चित्र गजमे लगायतका नेताहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन जिल्ला सदस्य युवन राईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :