विभिन्न निर्णय गर्दै नेकपा भोजपुरको बैठक सम्पन्न

विभिन्न निर्णय गर्दै नेकपा भोजपुरको बैठक सम्पन्न

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी भोजपुरको जिल्ला बैठक सम्पन्न भएको छ । नेकपा केन्द्रीय सदस्य शैलेसको प्रमुख आतिथ्यता तथा पार्टी जिल्ला सेक्रेटरी नविनको अध्यक्षतामा भोजपुर सदरमुकाममााउन २१ र २२ गते बसेको बैठकले विभिन्न ऐतिहासिक निर्णय गर्दै प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गरेको छ ।

बैठकले पार्टी पङ्क्तिलाई जनस्तरसम्म पुर्याउन र वैज्ञानिक समाजवादको राजनैतिक आधार तयार गर्न यही साउन २५ गते देखि २ महिने राजनैतिक तथा संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने, सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनमा जोड दिने, पार्टीको केन्द्रीय योजनाअनुसार एमसीसी, अरुण तेस्रोविरुद्धको संघर्षलाई व्यवस्थित गर्ने, जिल्लाभित्र देखा परेका विभिन्न विषयसँग सम्बन्धीत जनसरोकार जनजीविकाका विभिन्न संघर्षको कार्यक्रम अघि बढाइने लगायतका अन्य निर्णयहरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :