गोकर्णेश्वर नगर र कागेश्वरी मनोहराको संयुक्त अभियान उद्घाटन

गोकर्णेश्वर नगर र कागेश्वरी मनोहराको संयुक्त अभियान उद्घाटन

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टीले ‘टोल टोलमा जाऔँ, गल्ली गल्लीमा जाऔँ, वैज्ञानिक समाजवादको लहर फैलाऔँ’ भन्ने मूल नाराका साथ गोकर्णेश्वर नगर र कागेश्वरी मनोहराको संयुक्त आयोजनामा जनसेवा तथा जनसंगठन विस्तार अभियान उद्घाटन गरेको छ ।

अभियानको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश वली ‘सुदर्शन’ को प्रमुख आतिथ्यतामा गरिएको छ ।  नेकपा गोकर्णेश्वर नगरका इन्चार्ज अनिलको अध्यक्षतामा भएको अभियान उद्घाटन कार्यक्रममा बोल्दै नेकपा सचिवालय सदस्य सुदर्शनले आफू जेलभित्र रहदाको अनुभूति तथा पार्टीले अघि सारेका प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवादबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नेकपा काठमाडौँ जिल्ला इन्चार्ज तुलसीनारायण महर्जनले अहिले दलालहरुले बाहिर हल्ला फिँजाएको पछि नलागि पार्टीले दिएको आधिकारिकतालाई आत्मसात गरी अभियानमा जुटेमा पार्टीले लिएको अभियान सफल हुने बताए । कार्यक्रमको सञ्चालन गोकर्णेश्वर नगर सेक्रेटरी कृष्ण बरालले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य कागेश्वरी मनोहरा नेकपाका इन्चार्ज सफलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :