नेकपा दैलेख नारायण नगर समितिको भेला सम्पन्न

नेकपा दैलेख नारायण नगर समितिको भेला सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी दैलेख, अन्तरगत नारायण नगरपालिकाको भेला बिहीबार सम्पन्न भएको छ । परिवर्तनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज एटम बिसी प्रमुख अतिथि रहेका थिए ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि एटम बिसीले संसदीय व्यवस्था र संसदीय पार्टी असफल भएकाले संयुक्त प्रगतिशील सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवादले मात्र अहिलेको राजनीतिक संकटको समाधान हुने बताए । पार्टीको विकासले ३ बुँदे सहमति भएको र आफ्नो पार्टीले केपी सरकारसँग गरेको सहमति व्यवस्था परिवर्तन, जनअधिकार, स्वाधिनताको लागि भएको उल्लेख गरे ।

जिल्ला सेक्रेटरी दिपेन्द्र, पूर्व जिल्ला सेक्रेटरी विश्व रअखिल (क्रान्तिकारी) दैलेखका अध्यक्ष सुदर्शन अतिथि रहेको कार्यक्रमको सञ्चालन राजकुमारले गरेका थिए । भेलाबाट परिवर्तन सेक्रेटरी रहने गरी ११ सदस्यीय नगर कमिटी गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :