नेकपा बर्दियाद्वारा जयसिंह धामी हत्याको विरुद्धमा विरोध प्रदर्शन

नेकपा बर्दियाद्वारा जयसिंह धामी हत्याको विरुद्धमा विरोध प्रदर्शन

बर्दिया : नेपाल कम्युनिस्ट पार्टी बर्दियाले शनिवार जिल्लाको गुलरियामा विरोध प्रदर्शन गरेको छ ।

दार्चुलाको व्यास गाउँपालिका–२ मालगाउँका ३५ बर्षीय जयसिंङ धामीलाई भारतीय सिमा सुरक्षा बल (SSB) ले तुइन काटेर महाकाली नदीमा खसाएर बेपत्ता बनाएको घटनाको विरोधमा प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका गुलरिया नगर सेक्रेटरी धर्तीले भारतीय साम्राज्यवादद्वारा नेपाल र नेपाली जनतामाथि गरिरहेको ज्यादतीको घोर निन्दा गरे । उनले जयसिंह धामीका हत्यारालाई कारवाही गर्न र नेपाली जनताको जीवन सुरक्षा गर्न संसदवादीहरूले नसकेको दाबी गरे ।

इन्चार्ज धर्तीले आफूहरू नेपाली भूमिमा खरानी हुने तर भारतीय साम्राज्यवादको अत्याचार विरुद्ध निरन्तर लड्ने उदघोष गरे । आफ्नो पार्टीले लिएको विचारलाई निषेध गर्ने उद्देश्यसहित सरकारले प्रतिबन्ध लगाए पनि असफल भएको उनको भनाई थियो ।

कार्यक्रमलाई नगर सचिव पदम, अखिल (क्रान्तिकारी) का बर्दिया जिल्ला इन्चार्ज लोकेश जोशी लगायतले सम्बोधन गरेका थिए ।

उनीहरूले नेपालले कसैसँग झुक्न नजानेको भन्दै विरता र गौरवको प्रतिक भनेर चिनिने देशमाथि भारतको नाङ्गो हस्तक्षेप अस्वीकार्य भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :