नेकपा राेल्पाद्वारा कोभिड -19 नियन्त्रण विषयक सर्वपक्षीय अन्तरक्रिया सम्पन्न

नेकपा राेल्पाद्वारा कोभिड -19 नियन्त्रण विषयक सर्वपक्षीय अन्तरक्रिया सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी रोल्पाको हालै बसेको जिल्ला संगठन समितिको बैठकले कोभिड १९ नियन्त्रण एकीकृत जनसुरक्षा अभियान सञ्चालन गर्ने निर्णय अनुसार आज सर्वपक्षीय अन्तरक्रिया सम्पन्न भएको छ ।

कोभिड १९ नियन्त्रण विषयक सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा जिल्लामा सक्रिय राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल रोल्पा लगायत सरकारी गैरसरकारी जिल्ला स्तरका विभिन्न कार्यलयका प्रमुखहरु र वरिष्ठ पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम नेकपा जिल्ला सेक्रेटरी दिनेश विक्रम चन्दको सञ्चालनमा सुरु भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज केश बहादुर बाठा मगर सुबासको प्रमुख आतिथ्यता रहेको थियो र कार्यक्रममा निवर्तमान रोल्पा जिल्ला इन्चार्ज सन्तोष सुवेदी र निवर्तमान जिल्ला सेक्रेटरी शोभारामको उपस्थिति पनि रहेको थियो ।

प्रमुख अतिथि सुवासले यो दलाल संसदीय व्यवस्थाले कोभिड १९ नियन्त्रण गर्न नसकिरहेको भन्दै जनजिविका, सुशासन, राष्ट्रियता लगायत सबै विषयमा पूर्ण समाधान वैज्ञानिक समाजवादमा मात्र हुने बताए ।त्यसैले अब संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भनेर जनमतसंग्रह गर्नुपर्ने र जसबाट जनताको व्यवस्था वैज्ञानिक समाजवादले जित्ने जिकिर गरे ।

कार्यक्रममा उपस्थिति जिल्ला स्वास्थ कार्यलयका प्रमुख नोखराज, जिल्ला अस्पताल रेउघाका डाक्टर प्रकाशले कोभिड १९ को तेस्रो लहरबाट बच्न अपनाउन पर्ने उपायबारे सल्लाह सुझाव राख्दै जनताको स्वास्थ्यसँग जोडिएको गम्भीर विषयमा राजनैतिक पार्टीले आयोजना गरेको पहिलो कार्यक्रम भएकोले यो कार्यक्रम कोभिड १९ नियन्त्रणको कोसेढुंगा बन्नेछ भनी खुसी व्यक्त गरे । त्यस्तै रोल्पा नगरपालिका मेयर पुर्ण केसी करेन्टले आफ्नो क्षमता र विवेकले सकेसम्म कोभिड १९ नियन्त्रणका लागी काम गर्ने आश्वासन दिए । नेपाली कांग्रेस रोल्पाका उपसभापति किशोर आचार्यले कोभिड १९ ले रोल्पाली सताएको बेला अक्सिजन ग्यासको सिलन्डरमा केही पूर्व मन्त्रीहरुले जनताबाट पाँच गुणा बढीमा बेचेर नाफा गरेको भन्दै राज्य जनताको दुखेको घाउँमा नुन खुर्सानी छर्किएकाे बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :