दार्चुला घटनाको विरुद्ध नेकपाद्वारा संघर्षको घोषणा, आज ३ बजे देशभर प्रदर्शन गर्ने

दार्चुला घटनाको विरुद्ध नेकपाद्वारा संघर्षको घोषणा, आज ३ बजे देशभर प्रदर्शन गर्ने

काठमाडाैँ: नेपाल कम्युनिस्ट पार्टीले दार्चुलाका नागरिक जयसिंह धामीलाई भारतीय एसएसबीले तुइन काटेर बेपत्ता बनाएको विरोधमा कडा आक्रोश व्यक्त गर्दै संघर्षको घोषणा गरेको छ ।

पार्टी प्रवक्ता प्रकाण्डले आज विज्ञप्ति जारी गरी दार्चुला जिल्लाको व्यास गाँउपालिका–२ मालघाटबाट ३५ वर्षिय नेपाली युवा जयसिँह धामी महाकाली नदी तुईनमा तरेर भारतको उत्तराखण्ड राज्यस्थित पांगल जाने क्रममा भारतीय सिमा सुरक्षा बल एसएसबीले तुईन खोलेका कारण नदीमा खसेर हाल सम्म बेपत्ता भएको घटनाप्रति पार्टीको ध्यान गम्भीर रुपमा आक्रसित भएको बताएका छन् ।

उनले उक्त घटना मानवता, जनअधिकार एवं स्वतन्त्रता र राष्ट्रिय स्वाधिनता प्रवर्धनको दृष्टिकोणले गम्भीर, अक्षम्य र निन्दनीय भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य प्रकाण्डले उक्त घटनाको तदारुकताका साथ छानवीन गरि सत्यतथ्य नेपाली जनतासामु सार्वजनिक गर्न पार्टीको तर्फबाट नेपाल सरकारसँग जोडदार माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, –‘सिमा क्षेत्रमा भारत सरकारका सुरक्षा र प्रशासनिक निकायहरुले नेपाल राष्ट्र र नेपाली जनताका विरुद्ध विगतमा घटार्ईएका जति पनि घटनाहरु छन् त्यसमा भारतीय साम्राज्यवादी शासक वर्गको दृष्टिकोण र व्यवहार उदाङ्गिँदै आएको छ । जयसिँह धामीको घटना पनि त्यसैको उपज हो । यसर्थ तुईन घटनाको वास्तविक छानविन, दोषीमाथि कडा कारवाही, पीडितलाई न्याय र भारतीय शासकहरुको हस्तक्षेपकारी रवैयाका विरुद्ध देशव्यापी संघर्षमा उत्रिन पार्टीपंति र आम नेपाली जनतामा हाम्रो पार्टी जोडदार आह्वान गर्दछ ।’

साथै उक्त घटनाको विरोधमा नेकपाले संघर्षको कार्यक्रम घाेषणा गर्दै आज दिउँसो ३ बजे देशभर प्रदर्शन गर्ने जनाएको छ । काठमाडाैँमा ३ बजे शान्तिबाटिकामा हुने विरोध प्रदर्शनमा सहभागी हुन सबैमा अपिल गरेको छ ।

विज्ञप्तीको पूरा पाठ –

दार्चुला जिल्लाको व्यास गाँउपालिका–२ मालघाटबाट ३५ वर्षिय नेपाली युवा जयसिँह धामी महाकाली नदी तुईनमा तरेर भारतको उत्तराखण्ड राज्य स्थित पांगल जाने क्रममा भारतीय सिमा सुरक्षा बल (SSB) ले तुईन खोलेका कारण नदीमा खसेर हाल सम्म बेपत्ता भएको घटनाप्रति हाम्रो पार्टीको ध्यान गम्भीर रुपमा आक्रसित भएको छ ।

यो घटना मानवता, जनअधिकार एवं स्वतन्त्रता र राष्ट्रिय स्वाधिनता प्रवर्धनको दृष्टिकोणले गम्भीर, अक्षम्य र निन्दनीय छ । उक्त घटनाको तदारुकताका साथ छानवीन गरि सत्यतथ्य नेपाली जनतासामु सार्वजनिक गर्न हाम्रो पार्टी नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

सिमा क्षेत्रमा भारत सरकारका सुरक्षा र प्रशासनिक निकायहरुले नेपाल राष्ट्र र नेपाली जनताका विरुद्ध विगतमा घटार्ईएका जति पनि घटनाहरु छन त्यसमा भारतीय साम्राज्यवादी शासकवर्गको दृष्टिकोण र व्यवहार उदाङ्गिँदै आएको छ । जयसिँह धामीको घटना पनि त्यसैको उपज हो । यसर्थ तुईन घटनाको वास्तविक छानविन, दोषीमाथि कडा कारवाही, पीडितलाई न्याय र भारतीय शासकहरुको हस्तक्षेपकारी रवैयाका विरुद्ध देशव्यापी संघर्षमा उत्रिन पार्टीपंति र आम नेपाली जनतामा हाम्रो पार्टी जोडदार आह्वान गर्दछ ।

संघर्षका कार्यक्रमहरु

१) २०७८ साउन १६ गते  दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन

२) २०७८ साउन १८ गते  दिउँसो २ बजे देशव्यापी विरोध सभा

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :