नेकपा ओखलढुङ्गाद्वारा राजनीतिक भेटघाट तिब्र

नेकपा ओखलढुङ्गाद्वारा राजनीतिक भेटघाट तिब्र

ओखलढुङ्गा : नेपाल कम्युनिस्ट पार्टी ओखलढुङ्गाले राजनीतिक भेटघाटलाई तिब्र बनाएको छ । पार्टीले सरकारसँग गरेको तीनबुँदे सहमति, पार्टीको अगामी राजनीतिक कार्यक्रममा प्रष्ट पार्दै जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी बन्दना राईसँग भेटघाट गरेको छ ।

भेटघाटमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उदयपुर–ओखलढुङ्गा इन्चार्ज विवेक कुमाल लगायतका जिल्ला स्तरीय नेता कार्यकर्ताको टोलीले भेटघाट गरेको हो । पार्टीका नेता कार्यकर्तालाई लगाइएको झूठा मुद्दा, जेलमा रहनु भएका नेताकार्यकर्ताहरूको रिहाइँ र मुद्दा खारेजीको विषयमा छलफल गरिएको केन्द्रीय सदस्य विवेक कुमालको पहलका ठोस निर्यण लिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छ ।

भेटघाट कार्यक्रम जिल्लास्थित नेपाल पत्रकार महासङ्घको कार्यसमिति, कानुन व्यवसायहरू, जिल्ला सरकारी वकिल कार्यलय, जिल्ला प्रहरी कार्यालय लगायतसँग क्रमश भेटघाट एवम् छलफल गर्ने कार्यक्रम रहेको नेपाल कम्युनिस्ट पार्टी जिल्ला कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :