नेकपा रोल्पा जिल्लाको प्रथम पूर्ण बैठक सम्पन्न

नेकपा रोल्पा जिल्लाको प्रथम पूर्ण बैठक सम्पन्न

रोल्पा : नेपाल कम्युनिस्ट पार्टी रोल्पा जिल्लाको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । बैठक जिल्ला सेक्रेटरी दिनेश बिक्रम चन्दको अध्यक्षता तथा सञ्चालनमा भएको थियो ।

रोल्पा जिल्ला इन्चार्ज तथा नेकपा केन्द्रीय सदस्य केशबहादुर बाठा ‘सुबास’ को प्रमुख आतिथ्यमा, निवर्तमान केन्द्रीय सदस्य सम्झनाको आतिथ्य, निवर्तमान रोल्पा जिल्ला इन्चार्ज सन्तोष सुवेदीको आतिथ्य र निवर्तमान जिल्ला सेक्रेटरी शोभाराम रानाको उपस्थिति रहेको थियो । प्रमुख अतिथिले पार्टीको नयाँ नीति तथा कार्यक्रमको बारेमा स्पष्ट पारेका थिए ।

त्यस्तै बैठकमा राजनीतिक बैचारिक, सङ्गठन, आर्थिक लगायतका विभिन्न विषयहरूमा महत्वपूर्ण निर्णय गरको छ । कोभिड १९ को सङ्क्रमण बढिरहेको र तेस्रो लहरले झन् बढी क्षति पुर्याउने सम्भावनालाई मध्यनजर गरि कोभिड १९ नियन्त्रण जनसुरक्षा अभियान सञ्चालन गर्ने, अभियानलाई भव्य शानदार र पूर्ण सफल बनाउन सुनिल स्मृति गाउँकमिटीमा कमान्डर नृपेन्द्र, लुङरी गाउँकमिटीमा कमान्डर टाईगर, सुनछहरी गाउँकमिटीमा कमान्डर हेमन्त र तीनवटै गाउँकमिटीको कमान्ड प्रयासले गर्ने, रोल्पा नगर कमिटीमा अभियानको कमान्डर खिमराज पुन, माडी गाउँकमिटीमा कमान्डर दिनेश भए र दुबै गाउँकमिटीको कमान्ड शोभा रामले गर्ने, त्रिबेणी गाउँकमिटीको कमान्डर करण घर्तीले गर्ने, त्यस्तै गङ्गादेब गाउँकमिटीमा कमान्डर किरण चन्द, परिवर्तन गाउँकमिटीमा कमान्डर विरबल ओली र रुन्टिगडी गाउँकमिटीमा कमान्डर सेवक हुने निर्णय गरियो बताइएको छ ।

बैठकले पार्टीको योजनालाई कार्यान्वयन गर्न उत्साहित बनाउनुको साथै सहभागी जिल्ला सदस्यहरूले पार्टीको योजनालाई जनसमुदायको बीचमा राख्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :