नेकपा कालीकोद्वारा पार्टी कार्यालय उद्घाटन

नेकपा कालीकोद्वारा पार्टी कार्यालय उद्घाटन

कालीकोट : नेपाल कम्युनिस्ट पार्टी कालीकोटले सदरमुकाम मान्मको नावगैरामा पार्टी कार्यालय उद्घाटन गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि लामो समयपछि सदरमुकाम मान्ममा नेकपाले पार्टी कार्यालयको उद्घाटन गरेको हो ।

जिल्ला सेक्रेटरी मनिलाल ऐडी ‘रणदिप’ को अध्यक्षता भएको कार्यक्रमममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कर्णबहादुर भण्डारी ‘विराट’ ले कार्यालयको औपचारिक उद्घाटन गरेका हुन् । केपी ओली नेतृत्वको सरकारसँग तीनबुँदे सहमति सँगै प्रतिबन्ध फिर्ता लिएपछि नेकपाले आफ्नो पार्टी कार्यालय मुकाममा सञ्चालन गरेको हो ।

कार्यालयको उद्घाटनका अवसरमा जिल्ला इन्चार्ज विराटले सरकारले तीनबुँदे सहमति कार्यान्वयन नगरेको, नेता कार्यकर्ता गिरफ्तार जारी राखेको भन्दै आपत्ति जनाए । उनले सिंहदरबार गाउँ–गाउँमा होइन लुटतन्त्र, भ्रष्टाचार, हत्या हिंसा, बलात्कार लगायतका बिसङ्गतिहरू गाउँ–गाउँमा पुगेको दावी गरे ।

नेता विटारले संसदीय व्यवस्था नै कुहीएको फर्सि भएकाले अब नेता छान्ने चुनाव नभएर व्यवस्था छान्ने चुनाव अहिलेको उचित निकास भएको ठोकुवा गरे । उनले भने, “त्यसका लागि अब संसदीय व्यवस्था वा वैज्ञानिक समाजवाद भन्ने विषयमा जनतामा जनमतसङ्ग्रहमा जानु पर्छ, अब जनमतसङ्ग्रहबाटै व्यवस्था परिवर्तन गर्न सकिन्छ ।”

यस्तै जिल्ला सेक्रेटरी रणदिपले पार्टीको विचार, नीति र राजनीतिक विकल्प जनताको बीचमा ल्याउन पार्टी वार्तामा आएको र वार्ता प्रचण्डहरूले गरेजस्तो नभएको स्पष्ट पारे ।

कार्र्यक्रममा नेपाल पत्रकार महासङ्घका प्रतिनिधि, विभिन्न सञ्चार माध्यममा कामगर्ने पत्रकारहरू, पार्टी कार्यकर्ता जिल्लामा आमन्त्रण गरिएका व्यक्तिहरू लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजिकरण पार्टी जिल्ला सदस्य तथा तिलागुफा नगरपालिका इन्चार्ज रमेश चदाराले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :