स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा शिक्षाको विकृति विरुद्ध प्रदर्शन

स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा शिक्षाको विकृति विरुद्ध प्रदर्शन

काठमाडौँ: अखिल (क्रान्तिकारी) ले स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा शिक्षाको विकृति विरुद्ध काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।
विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य मिलन राईले स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा शिक्षामा चरम विकृति रहेकोले
जनताका लागि स्वास्थ्य र शिक्षा अत्याधिक महंगो भएको बताए ।

उनले गरिब जनताको पहुँचमा नेपालको शिक्षा र स्वास्थ नरहेको भन्दै स्वास्थ र शिक्षा माफियाको कब्जामा रहेको पनि बताए । स्वास्थ्य र शिक्षाका माफियाहरुलाई अखिल (क्रान्तिकारी) ले नछाड्ने समेत उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :