समस्याहरू औल्याउदै अखिल क्रान्तिकारी पाल्पाद्वारा मागपत्र पेश

समस्याहरू औल्याउदै अखिल क्रान्तिकारी पाल्पाद्वारा मागपत्र पेश

पाल्पा : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी पाल्पाले शैक्षिक क्षेत्रमा देखिएका समस्याहरू औल्याउँदै बुधबार मागपत्र पेश गरेको छ । अखिल क्रान्तिकारी पाल्पाले विज्ञान तथा शिक्षा ईकाई समन्वय कार्यालय पाल्पामा अध्यक्ष लंकबहादुर राना, रिब्दिकोट गाँउपालिका शिक्षा ईकाई समितिको कार्यालयमा उपाध्यक्ष सुदिप विश्वकर्मा, रामपुर नगरपालिका शिक्षा ईकाई समितिमा सचिव रुपा सेन ठकुरीको नेतृत्वमा कार्यालय प्रमुखलाई भेटेर मागपत्र बुझाएको हो ।

जिल्लामा देखिएका स्थानीय तहदेखि त्रिभुवन विश्वविद्यालय, एवम् जिल्ला सदरमुकामस्थित तानसेनमा रहेका क्याम्पसमा भएका शैक्षिक समस्या, शिक्षक एवम् विद्यार्थीहरूका समस्याहरूलाई तुरुन्तै समस्या समाधान गर्न चेतावनी सहित मागपत्र पेश गरेको जिल्ला अध्यक्ष लंकबहादुर रानाले बताए । उनले भने यदि हाम्रा मागहरू वेवास्ता गरे प्रतिरोधात्मक सङ्घर्ष र समस्या समाधानमा उत्रिने चेतावनी समेत दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :