हेटौँडा वडा नं ४ को चौथो पूर्ण बैठक सम्पन्न

हेटौँडा वडा नं ४ को चौथो पूर्ण बैठक सम्पन्न

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी हेटौँडा उप–महानगरपालिका वडा नं ४ को चौथो पूर्ण बैठक सम्पन्न भएको छ । वडा सेक्रेटरी एवम् जिल्ला सदस्य रामशरण कार्कीको अध्यक्षतामा बसेको बैठकमा १३ जनाको कार्यसमिति सदस्य रहने गरी निर्णयसमेत गरेको छ ।

वडा सदस्यहरूलाई वडा भित्रको टोलहरूको सेक्रेटरी तोकिएको छ । कमलडाडा र कर्रा टोल सेक्रेटरी – वालकुमार बिक, गोर्दैओइ, चिसापानी र भैरवरोड टोल कमिटी सेक्रेटरी – सुवर्ण लामा, मेनरोड, स्कुलरोड र सितल महल चोक सेक्रेटरी – आकाश देउला, हुप्रा चौर टोल सेक्रेटरी – राजेश लामा सहितको टोल सेक्रेटरी तोकिएको छ । टोलको बैठक मिति समेत तोकेको छ ।

जबस् मोर्चाहरूको पनि संयोजक तोकेको छ । नेपाल कम्युनिस्ट पार्टी जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य नयनको प्रमुख आतिथ्यतामा, नेपाल कम्युनिस्ट पार्टी जिल्ला सेक्रेटरी वाटरको बिशेष आतिथ्यतामा, नगर सेक्रेटरी सुर्य अर्यालको आतिथ्यतामा, नगर सह–सेक्रेटरी विवेक घलानको आतिथ्यतामा र रविन्द्र देउलाको उपस्थितिमा बैठक समापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :