नेकपा गुल्मीको अभियान उत्साहजनक, टोलटोलमा सङ्गठन विस्तार

नेकपा गुल्मीको अभियान उत्साहजनक, टोलटोलमा सङ्गठन विस्तार

गुल्मीः नेपाल कम्युनिस्ट पार्टी गुल्मीले सुरु गरेको जनसेवा तथा जनसङ्गठन विस्तार अभियान उत्साहजनक ढंगले अगाडि बढेको छ । टोलटोलमा युवा सङ्गठनको विस्तार तथा भित्ते लेखनलाई पार्टीले तिब्रताका साथ अगाडि बढाएको छ । यसैबिच जिल्लाको धुर्कोट गाउँपालिका चार जैशीथोकमा पार्टीको जनवर्गीय सङ्गठन युवा सङ्गठन नेपालको पाँच सदस्यीय सङ्गठन विस्तार गरिएको बताइएको छ ।

युवा सङ्गठनलाई अभियानको नेतृत्व गरेकी पार्टीकी जिल्ला इन्चार्ज अपेक्षाले प्रशिक्षण दिएकी थिइन् । उनले समाजमा हुने हरेक विभेद, विसंगति तथा अन्यायको अन्त्यको लागि युवा नै अग्रसर हुनुपर्ने बताएकी थिइन् ।नेकपा गुल्मीले जिल्लामा जनसेवा तथा जनसङ्गठन अभियान सुरु गरेसँगै अभियानमा युवाहरुको सक्रियता बढेको बताइएको छ । जिल्लाका विभिन्न स्थानमा युवा सङ्गठनको गठन गरिएको र उक्त अभियान भदौ सम्म चल्ने नेकपा गुल्मीले बताएको छ ।

जनसेवा तथा जनसङ्गठन अभियानका सदस्य सुकुमारले भने, -‘हाम्रो यो अभियानमा धेरै युवा साथीहरु जोडिनु भएको छ भने नागरिकले पनि साथ दिनु भएको छ । उनले थपे,- ‘अहिलेका राजनीतिक दलका नेताले देखाएको लाचारीपन र देशको राजनीतिक अवस्थाप्रति धेरै युवा साथीहरुले गुनासो पोख्दै वैकल्पिक व्यवस्था खोज्नुपर्ने बताउदै हाम्रो अभियानमा जोडिनु भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :