अछाममा जनपत्रकर संगठन नेपालको विचार गोष्ठी सम्पन्न

अछाममा जनपत्रकर संगठन नेपालको  विचार गोष्ठी सम्पन्न

जनपत्रकार संगठन नेपाल अछामको आयोजनामा जिल्लामा पत्रकारिताका चुनौती, मानव अधिकारको अवस्था र राष्ट्रिय राजनीतिक निकासको बाटो विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।

अछामको मंगलसेनमा भएको कार्यक्रममा जिल्ला स्थित विभिन्न राजनीतिक दल, पत्रकार महासंघ, विभिन्न दल निकट पत्रकार संघठन, मानव अधिकारवादी, नागरिक समाज, महिला अधिकारकर्मी, दलित अधिकाकर्मी लगायत विभिन्न मिडियाहरुको उपस्थिति रहेको थियो ।
विचार गोष्ठी कार्यक्रममा प्रमुख अतिथि जनपत्रकार संगठन नेपालका केन्द्रिय संयोजक शेरबहादुर विक, अतिथि नेपाल कम्युनिष्ट पार्टी अछामका सेक्रेटरी तपेन्द्र तिमिल्सिना , नेकपा एमालेका डम्बर बिसी, माओवादी केन्द्रका खकेन्द्र साउद, नेपाल पत्रकार महसंघको पूर्व अध्यक्ष जनक भण्डारी लगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै जनपत्रकार संगठन नेपालका केन्द्रीय संयोजक तथा कार्यक्रमका प्रमुख अथिति शेर बहादुर विश्वकर्माले जनपत्रकार संगठन श्रमजिवि पत्रकार तथा जनपक्षीय पत्रकारहरुको संगठन हो भन्दै यो पत्रकार संगठनले श्रमजिवि जनता , उत्पिडित वर्ग , उत्पिडित जाति , समुदाय, लिङ्ग को पक्षमा निरन्तर रुपमा सदैब कलम चलाइरहेको बताए । नेपालमा पछिल्लो समयमा पत्रकारिताको विकाससँगै विकृति मौलाएको र चिरेर हिड्नु पर्ने बताए ।
जनपत्रकार संगठन नेपालको पत्रकारिताको क्षेत्रबाट नेपाल पत्रकार महासंघको माध्यमबाट हामीले यो देशको शासन प्रणालीमा केही मुद्दाहरू उठाउन खोजेको र ती मुद्दाहरू उठाउदा जति पनि पत्रकार संगठनहरू छन् ती पत्रकार संगठनसँग सहकार्य गरेर जाने पनि बताए ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव मदन कुँवरले देशमा मानव अधिकारको अवस्था निकै बिग्रिएको र शान्तिपूर्ण रूपमा विचार अभिव्यक्त गर्न नपाएको बताएका छन् । कार्यक्रममा सम्पूर्ण वक्ताहरुले अबको राजनीतिक निकास व्यवस्था परिवर्तनबाट मात्रै सम्भव भएको भन्ने कुरामा जोड दिए ।
कार्यक्रम जनपत्रकार संगठन नेपाल अछामका अध्यक्ष खेमराज बुढाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव अर्जुन लुहारले गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य संगठनका उपाध्यक्ष सुरेश रावतले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :