नेकपा कालीकोटले दुई महिने अभियान सञ्चालन गर्ने

नेकपा कालीकोटले दुई महिने अभियान सञ्चालन गर्ने

कालीकोट : नेपाल कम्युनिस्ट पार्टी नरहरीनाथ गाउँकमिटीको आयोजनामा अगुवा कार्यकर्ताको प्रशिक्षण सम्पन्न भएको छ । जिल्ला कमिटी सदस्य अखडाको सभापतित्व, नेकपा केन्द्रीय सदस्य एटम बिसीको प्रमुख आतिथ्यता र जिल्ला कमिटी सदस्य रमेशको आतिथ्यतामा सम्पन्न प्रशिक्षणमा लालु, रुप्सा, माल्कोट, कोडबाडा र कुमालगाउँभरिका १५० जनाको उपस्थिति रहेको थियो ।

उक्त प्रशिक्षण कार्यकममा प्रशिक्षण मन्तव्य राख्दै प्रमुख अतिथि एटम बिसीले वर्तमान राज्यव्यवस्था पुरै असफल भइसकेकाले व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद एकमात्र विकल्प भएको बताएका छन् । उनले जनमतसङ्ग्रह अनिवार्य भैसकेकाले जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादका लागि जनतालाई सुसूचित पार्ने दायित्वलाई कुनै हालतमा कमीरहन नदिई निरन्तर अभियानात्मक रुपमा फिल्डमा डट्न निर्देशन गरेका हुन् । प्रशिक्षण पश्चात् बसेको वैठकले २ महिना अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

त्यसैगरी नेकपा रास्कोट नगरकमिटीको वैठक तथा प्रशिक्षण सम्पन्न भएको छ । रास्कोट नगरकमिटी इन्चार्ज किरणको सभापतित्व, जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य बिराटको प्रमुख आतिथ्यतामा कार्यालय सचिव निर्भिक, जिल्ला सल्लाहाकार समिति संयोजक समग्र लगायतका नेताहरूको आतिथ्यतामा सम्पन्न प्रशिक्षणमा सिपखाना, स्यूना र फुकोटका अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

उक्त वैठकले २ महिने राजनीतिक/वैचारिक अभियान चलाउने निर्णसहित समापन गरिएको कुरा कार्यालय सचिव निर्भिक शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :