नेकपा बागमती गाउँपालिकाको दोस्रो पूर्ण वैठक सम्पन्न

नेकपा बागमती गाउँपालिकाको दोस्रो पूर्ण वैठक सम्पन्न

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी बागमती गाउँ समिति मकवानपुरको दोस्रो पूर्ण वैठक सम्पन्न भएको छ ।

मङ्गलबार सम्पन्न वैठकले पूर्व बागमती गाउँपालिका इन्चार्ज विक्रमलाई बिदाई गर्नुका साथै नयाँ कार्यसमिति सदस्यहरू थप गरेको छ । त्यस्तै बागमती –१ देखि –९ सम्म वडा सेक्रेटरी र सह-सेक्रेटरीको जिम्मेवारी सहित कार्यविभाजन गरिएको छ भने सबै वडाहरूमा ४ महिने सङ्गठनात्मक अभियान सञ्चालन गर्ने निर्णय पनि उक्त वैठकले गरेको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनको प्रमुख आतिथ्यता, जिल्ला सेक्रेटरी वाटरको विशेष आतिथ्यताका साथै हेटौँडा उप-महानगरपालिका सेक्रेटरी सुर्य अर्याल, थाहा नगरपालिका सेक्रेटरी विक्रम सारु मगर लगायतको आतिथ्यतामा सम्पन्न भएको वैठकको अध्यक्षता नेकपा बागमतीका सेक्रेटरी भक्त माझीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :