नेता आदर्शलाई महासचिव विप्लवले गरे स्वागत

नेता आदर्शलाई महासचिव विप्लवले गरे स्वागत

काठमाडौँ : झन्डैं दुई वर्षसम्म जेल बसेर फर्केका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चूडामणि ओली ‘आदर्श’ लाई पार्टीका महासचिव विप्लवले स्वागत गरेका छन् ।

सर्वोच्च अदालतको आदेशमा बाजुरा कारागारबाट नेता आदर्श २० महिनापछि रिहा भएका हुन् । २०७६ साल कात्तिक २२ गते साङ्गठनिक कामका लागि हिँडिरहेका बेला बाजुराको गौमूल गाउँपालिका ३ माझपालीबाट ओलीसहित १६ जनालाई प्रहरीले गिरफ्तार गरेको थियो ।

बाजुराबाट हालै मात्र काठमाडौँ आइपुगेका नेता आदर्शलाई नेकपाका महासचिव विप्लवले शनिबार काठमाडौँमा स्वागत गर्दै बधाईसमेत दिएका छन् ।

यसअघि नेता आदर्शलाई जेलबाट रिहा भएलगत्तै नेकपा बाजुराले पनि सदरमुकाम मार्तडीमा भव्य स्वागत गरेको थियो ।

केपी ओली सरकार र नेकपाबीच सहमतिपछि प्रतिबन्ध फिर्ता भएर केही नेता–कार्यकर्ता रिहा भए पनि अझै दर्जनौँ नेता–कार्यकर्ता जेलमैं छन् । शुक्रबार मात्र नेकपाका शीर्ष सुदर्शन सर्वोच्च अदालतको आदेशबाट रिहा भएका छन् । अझैं नेकपाका केन्द्रीय सदस्य भरत बम ‘रणवीर’ लगायत कयौँ नेता–कार्यकर्ता जेलमै छन् । ती सबैं नेता–कार्यकर्तालाई रिहा गर्न विप्लव नेकपाले नयाँ सरकारसँग आग्रह गरेको छ भने पछिल्लो समय विभिन्न राजनीतिक दलका नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :