नेकपा कैलालीको बैठक सम्पन्न

नेकपा कैलालीको बैठक सम्पन्न

धनगढी : नेपाल कम्युनिस्ट पार्टी कैलालीको १३ औँ पूर्ण बैठक कैलालीको धनगढीमा सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज ओमप्रकाश पुनको प्रमुख आतिथ्यमा सम्पन्न बैठकको अध्यक्षता जिल्ला सेक्रेटरी दीपेन्द्र चलाउने ‘सङ्गम’ ले गरेका थिए ।

बैठकका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा जिल्लास्तरीय नेता–कार्यकर्ता, विभिन्न सञ्चारमाध्यमका सञ्चालक तथा सञ्चारकर्मीको उपस्थिति थियो । बैठकपछि जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य ओमप्रकाश पुनले प्रेस विज्ञप्तिमार्फत निर्णयहरू सार्वजनिक गरेका थिए ।

बैठक यही साउन १, २, र ३ गते सम्पन्न भएको थियो । बैठकमा पूर्वकेन्द्रीय सदस्य श्रवण, पर्वतलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :