नेकपाका नेता वीरजङ्ग गम्भीर बिरामी, अस्पताल भर्ना

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ गम्भीर विरामी परेका छन् । लामो समयसम्म जेल र हिरासतमा रहेका नेता वीरजङ्गलाई छाती र मुटुसम्वन्धी समस्या रहेको छ । हाल उनलाई काठमाडौँको सिभिल अस्पतालमा भर्ना गरिएको छ ।

वीरजङ्ग कारागारमा रहँदा कोरोना पोजेटिभ भएको र कारागारबाट रिहा भएलगत्तै लगातार छाती दुख्ने, शरीर दुख्ने, बिहान–बेलुका ज्वरो बढ्ने गरेको छ । सुरुमा ग्रान्डी अस्पतालमा उपचार सुरु गरिएको भए पनि कुनै रोग पत्ता नलागेपछि हाल उनलाई सिभिल अस्पताल बानेश्वरमा भर्ना गरेर उपचार थालिएको छ ।

यस्तै नेकपाका तत्कालीन रूपन्देही जिल्ला इन्चार्ज टेकबहादुर पुन ‘सङ्गम’ पनि गम्भीर बिरामी परेका छन् । लामो समयदेखि कपिलवस्तुको कारागारमा रहेका पुनलाई नसासम्बन्धी रोगले समस्या भएपछि हाल केन्द्रीय कारागार सुन्धाराको क्वारेन्टिनमा राखिएको छ । उनलाई स्थानीय अस्पतालमा निको नभएपछि थप उपचारका काठमाडौ ल्याइएको पारिवारीक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :