नेकपा भरतपुर महानगरपालिकाको बैठक सम्पन्न

नेकपा भरतपुर महानगरपालिकाको बैठक सम्पन्न

भरतपुर : नेकपा भरतपुर महानगरपालिका वडा नं. २५ को बैठक सम्पन्न भएको छ । बैठक वडा सेक्रेटरी खेमको अध्यक्षमा सम्पन्न भएको हो ।

चितवन जिल्ला विशेष समितिका सेक्रेटरी महेशको प्रमुख आतिथ्य, पार्टी जिल्ला सदस्य तथा वडा इन्चार्ज राजकुमार, हरि पौडेलको आतिथ्य र बिरु लामाको उपस्थितिमा सम्पन्न बैठकले १७ सदस्यीय वडा पार्टी गठन गरेको समाचारमा जनाइएको छ ।

कार्यक्रममा २५ नं वडाका माओवादी केन्द्रका पार्टी एरिया सदस्य चक्रपाणि दवाडी र वामपन्थी नेता नरेश न्यौपाने नेकपामा ध्रुवीकृत भएका छन् । बैठकले एमसीसी, नागरिता विधेयकलगायत राष्ट्रघाती कदमविरुद्ध सङ्घर्ष गर्ने, भ्रष्टाचार, विसङ्गतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :