नेकपा अछामद्वारा अभियान उदघाटन

नेकपा अछामद्वारा अभियान उदघाटन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी अछामले सुदृढ जनसम्बन्ध र सङ्गठन विस्तार अभियान उद्घाटन गरेको छ । अछामको मङ्गलसेन बजारमा पार्टी कार्यालय र अभियानको एकैसाथ उदघाटन गरिएको हो । नेपाल कम्युनिस्ट पार्टी अछामका सेक्रेटरी तपेन्द्र तिमिल्सिना (सङ्घर्ष) ले मैनबत्ती बालेर कार्यालय र अभियान एकैसाथ उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रमका अतिथि रहेका जनपत्रकार सङ्गठन नेपालका संयोजक शेरबहादुर विश्वकर्माले देशका लागि परिवर्तन अपरिहार्य रहेको र यसलाई पूरा गर्ने कार्यभार नेपाल कम्युनिस्ट पार्टीको हातमा आएको बताए ।

कर्यक्रमका अध्यक्ष तथा पार्टीका जिल्ला सेक्रेटरी तिमिल्सिनाले दलाल संसदीय व्यवस्थाले राज्यलाई निकास नदिने, वैज्ञानिक समाजवाद नै विश्वको सर्वोत्कृष्ट व्यवस्था भएकाले वैज्ञानिक समाजवाद ल्याउने, नेपाली जनता र वर्गसङ्घर्षलाई रक्षा गर्ने बताए । सुदृढ जनसम्बन्ध र सङ्गठन विस्तार अभियानले जनताको दुःख, पिर र हरेक कार्यमा सहयात्रा गर्दै जाने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :