नेकपा राप्ती गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न

नेकपा राप्ती गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत राप्ती गाउँपालिका स्तरीय कमिटीको प्रथम बैठक मौरीघाटमा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्लाको प्रथम बैठक पछिको गाउँपालिका कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा नेकपा दाङ जिल्ला विशेष कमिटी सदस्य विक्रमले पछिल्लो राजनीतिक घाटनाक्रमहरुले नेपालमा संसदीय व्यवस्था असफल सिद्ध भइसकेको पुष्टि गरेको बताए । उनले संसदवादी दलहरुको घिनलाग्दो हर्कतले गर्दा अदालतले प्रधानमन्त्री तोक्नु परेका समेत बताए । विश्वमै संसदीय व्यवस्था असफल भएको बताउदै नेता विक्रमले आफ्नो पार्टी सबैखाले समस्याको समाधानको निर्विकल्प बाटो वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाको दिशामा अघि बढेको धारणा राखे ।

कार्यक्रम प्रशिक्षणात्मक मन्तव्य राख्दै नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले पटक पटक नेपाली जनताले सांसद छाने अब व्यवस्था छान्ने अधिकार दिन राज्य जनमत संग्रह गर्न तयार हुनुपर्ने धारणा राखे । उनले आफ्नो पार्टीले वैज्ञानिक समाजवाद वा दलाल संसदीय व्यवस्था चुन्ने अधिकार जनतालाई दिन जनमत संग्रहमार्फत राजनीतिक व्यवस्था बदल्न एकीकृत जनक्रान्तिको कार्यनीतिक योजनमा अघि बढिरहेको बताए ।

कार्यक्रमका अतिथि तथा नेकपा लमही नगर इन्चार्ज जनकले आफ्नो पार्टीमाथी जनताले निकै ठूलो उपलब्धिको आशा राखेको बताए । इन्चार्ज जनकले जनताको आशालाई उपलब्धिमूलक बनाउन राज्यव्यवस्था परिवर्तन गरी जनताको वैज्ञानिक समाजवादी राज्यव्यवस्थाले मात्रै सम्भव हुने धारणा राखे ।

बैठकले २३ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरेको छ भने वडा सेक्रेटेरीहरुको जिम्मेवारी ठोस गरेको छ । जनवर्गीय संगठन र मोर्चाहरुको गाउँपालिका संयोजकहरुको जिम्मेवारी पनि बैठकले ठोस गरेको छ । श्रावन २० गते सम्म वडा कमिटीको बैठक बस्ने, राजनीतिक भेटघाट गरी ध्रुवीकरणलाई व्यापक गराउने, तत्कालीन राजनीतिक कार्यनीतिबारे जनतालाई स्पष्ट बनाउदै संगठित गर्ने जस्ता महत्वपूर्ण निर्णय लिएको छ । गाउँपालिका इन्चार्ज र सेक्रेटरी हेमन्तको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :