कपिलवस्तु र अर्घाखाँचीको संयुक्त स्कुलिङ उद्घाटन

कपिलवस्तु र अर्घाखाँचीको संयुक्त स्कुलिङ उद्घाटन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु र अर्घाखाँचीको संयुक्त आयोजनामा कपिलवस्तुमा स्कुलिङ कार्यक्रमको उद्घाटन भएको छ ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् केन्द्रीय स्कुल विभागका प्रमुख ध्रुवले समाजको निर्माण विश्वदृष्टिकोण, उत्पादन प्रणाली र राज्यसत्ता मिलेर बन्ने भन्दै यसको रुपान्तरणका लागि कम्युनिस्ट स्कुल आवश्यक रहेको बताए । उनले प्रतिबन्धपछि पार्टी स्कुल सञ्चालनले पार्टीमा थपिएको नयाँ जिम्मेवारीलाई पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै पार्टीले विकास गरेको नयाँ कार्यनीतिबारे सैद्धान्तिक स्पष्ट गरिने बताए । उनले पार्टीमा भर्ना भएका नयाँ पार्टी सदस्यहरूलाई समेत स्कुलिङ चलाइने बताए ।

यसैगरी नेकपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् कपिलवस्तु तथा अर्घाखाँची जिल्ला इन्चार्ज जुझारुले पार्टी नेता कार्यकर्ताको दृष्टिकोण निर्माण, पार्टी कार्यदिशा र नयाँ कार्यनीतिबारे, सङ्गठन निर्माण एवम् कम्युनिस्ट पार्टी निर्माणबारे एकरुपता र वैचारिक क्षमता विकासका लागि पार्टीले स्कुलिङ कार्यक्रम आयोजना गरिएको बताए ।

स्कुलिङ कार्यक्रमको अध्यक्षता कपिलवस्तु जिल्ला सेक्रेटरी कमल, राष्ट्रिय थारु मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष सुनिल थारुको स्वागत र अर्घाखाँची सेक्रेटरी माहुरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

शनिबारदेखि सुरु भएको स्कुलिङ कार्यक्रम ५ दिनसम्म सञ्चालन हुने कपिलवस्तु जिल्ला सेक्रेटरी कमलले बताए । उनले प्रतिबन्धपछि नयाँ परिस्थितिमा जनतामा पुग्नका लागि स्कुलिङले महत्वपूर्ण योगदान पुर्याउनेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :