नेकपा ललितपुरको जिल्ला वैठक सम्पन्न

नेकपा ललितपुरको जिल्ला वैठक सम्पन्न

ललितपुर : नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्लाको बैठक सम्पन्न भएको छ । जिल्ला सचिव विशालको अध्यक्षतामा बसेको उक्त वैठकको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव रहेका थिए । यस्तै अतिथिहरू पार्टी केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज हितमान, केन्द्रीय कार्यालय सचिव असल, स्कुलिङ विभागका विपिन, बिशेष जिल्ला सचिव कुमाल, जिल्ला नेताहरू रुपसिंह, सुरेश लामा र शंकर खत्री रहेका थिए ।

वैठकमा महासचिव विप्लवले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था पूर्णरुपले असफल भएकोले वैज्ञानिक समाजवाद सम्भव छ र त्यसको निम्ति आवश्यक परे जनताको जनमतद्वारा छनोट गर्न सकिने भनि जनमत सङ्ग्रह गरेर छिनोफानो गर्न राजनीतिक कार्यनीति अगाडि सारेको बताए । उनले तीनबुँदे सहमति आजको अपिहार्य आवश्यकता भएको हुँदा नेता कार्यकर्ताहरू कहिकतै विचलित नभई ढुक्क भएर पार्टीको लाइनलाई जनता सामू प्रस्तुत गर्न अपिल गरे ।

जिल्ला बैठकले ३ महिने सङ्गठन सुदृढ, विस्तार तथा सचेतना अभियान सञ्चालन गर्ने निर्यण गरेको छ । साथै वैज्ञानिक समाजवादको निर्माणका लागि राष्ट्रवादी, प्रगतिशील, वामपन्थीहरूसँग छलफल र अन्तक्रिया गरि व्यापक पहल गर्ने निर्यणसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :