नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ रिहा

नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सर्वोच्च अदालतको आदेशमा रिहा भएका छन् । न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्माको इजलासले साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमतिको ३ महिनाबित्दा पनि कार्यान्वयन भएको छैन । नेकपाका नेतामाथि लगाइएका मुद्दा फिर्ता र रिहा गर्ने सहमति गरेपनि सरकारले अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन ।

आफैँले गरेको सहमति कार्यान्वयन गर्न गैरजिम्मेवार बनेपछि नेकपाका नेता कार्यकर्ता जेलमै छन् । सरकार सहमतिबाट पछि हटेपछि बन्दीका आफन्तहरूले कानुनी प्रक्रिया अघि बढाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :