महँगी, कालोबजारी र सुजिता प्रकरणविरुद्ध चितवनमा प्रदर्शन

महँगी, कालोबजारी र सुजिता प्रकरणविरुद्ध चितवनमा प्रदर्शन

चितवन : महँगी, कालोबजारी एवम् सुजिता भण्डारी मृत्यु प्रकरणविरुद्ध अखिल (क्रान्तिकारी) चितवनले प्रदर्शन गरेको छ । चितवन राप्ती नगरपालिका २ गड्यौली साना किसान चोकबाट प्रदर्शन गर्दै ढडुवा वडा नं. ३ धमिली चोकको दुई किलोमिटरसम्म पुगेर क्रान्तिकारीले कोणसभा पनि गरेको छ ।

प्रदर्शनमा महँगी, कालोबजारी, हिंसा बन्द गर ! सुजितालाई न्याय दे ! लगायत नारा लगाइएको थियो । जिल्ला संयोजक देवशमशेर रेम्बोर्जे लामाले न्यायका पक्षमा जस्तोसुकै सङ्घर्ष गर्न पनि तयार रहेको भन्दै लाठी–बन्दुक देखाएर न्यायको आवाज कुल्चने दुस्साहस नगर्न चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :