अखिल (क्रान्तिकारी) अछामद्वारा महँगीविरुद्ध प्रदर्शन

अखिल (क्रान्तिकारी) अछामद्वारा महँगीविरुद्ध प्रदर्शन

मङ्गलसेन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अछामले महँगी, कालोबजारी, जातीय विभेद र महिला हिंसाका विरुद्ध मङ्गलसेन बजारमा विरोध प्रदर्शन गरेको छ ।

कालोबजारी, महँगी नियन्त्रण गर, जनतालाई खाद्यान्न सहुलियत दरमा उपलब्ध गराऊ, जातीय विभेद अन्त्य गर, महिला हिंसा अन्त्य गर, पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि नियन्त्रण गरलगायत नाराहरू लेखिएका प्लेकार्ड बोकेका अखिल क्रान्तिकारीका विद्यार्थीले विरोध र्याली निकाले काथिए । र्याली बजार परिक्रमपछि कोणसभामा परिणत भएको थियो । अखिल क्रान्तिकारीको केन्द्रीय कार्यक्रमअनुसार अछाममा पनि प्रदर्शन भएको हो ।

कोरोना महामारीका कारण विभिन्न जिल्लामा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाका कारण श्रमजीवी जनतालाई दैनिक छाक टार्न निकै गारो भएको अबस्थामा सरकार जनताप्रति उदासीन देखिएको र सरकार आन्तरिक किचलोमा फस्दा जनता कोरोना कहरसँगै कालोबजारी र महँगीका कारण भोकले मर्नुपर्ने अवस्था उत्पन्न भएका कोणसभाका वक्ताहरूले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :