असफल संसदीय व्यवस्थाका विरुद्ध झापामा प्रदर्शन

असफल संसदीय व्यवस्थाका विरुद्ध झापामा प्रदर्शन

बिर्तामोड : नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विभिन्न जनवर्गीय सङ्गठनले निकम्मा, ढोंगी र असफल संसदीय व्यवस्थाको बिकल्पमा वैज्ञानिक समाजवाद अपरिहार्य बनेको ठोकुवा गर्दै झापामा पनि बृहत् प्रदर्शन गरेका छन् ।

संयुक्त जनवर्गीय सङ्गठनका तर्फबाट जागरण मञ्चका केन्द्रीय संयोजक सुरेन्द्र कार्की वक्ता रहेको उक्त विरोध प्रदर्शनीमा नेपाल कम्युनिस्ट पार्टी झापाका जिल्ला कार्यालय सचिव एवम् विद्यार्थी फ्याक्सन इन्चार्ज सञ्जय राईले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा सबै जनवर्गीय सङ्गठन, जिल्ला पार्टी र आमझापाली जनताको उपस्थिति रहेको थियोे । विरोध प्रदर्शनमा सरकारका गलत कामकारबाहीविरुद्ध नारा लगाइएको थियोे । आन्दोलनकारीले पेट्रोलियम पदार्थको मूल्य वृद्वि खारेज गर, दलालहरू होसियार, नारी हिंसा अन्त्य गर, सुजिता भण्डारीलाई न्याय देलगायत नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :