नेकपाद्वारा कञ्चनपुरमा पार्टी सम्पर्क कार्यालय उद्घाटन

नेकपाद्वारा कञ्चनपुरमा पार्टी सम्पर्क कार्यालय उद्घाटन

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले महेन्द्रनगरमा पार्टी कार्यालय उद्घाटन गरेको छ । पार्टी केन्द्रीय समितिको निर्णय अनुसार सबै जिल्लामा जन सम्पर्क कार्यालय स्थापना गर्ने नीति अनुसार पार्टी सम्पर्क कार्यालय स्थापना गरिएको नेकपाले बताएको छ ।

पार्टी जनसम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज ओमप्रकाश पुनले आफ्नो पार्टीसँग गरेको तीनबुँदे सहमति कार्यान्वयनमा सरकार उदासिन भएको बताए ।

नेता पुनले आफ्नो पार्टीको उद्देश्य वैज्ञानिक समाजवाद गर्ने भएको बताउँदै कुनै पनि परिस्थितिमा आफ्नो पार्टी यही संसदीय व्यवस्थामा नजाने बताए । बरु संयुक्त प्रगतिशील सरकार मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि पार्टी तयार रहेको उनले बताए । भ्रष्टाचार, घुसखोरी र दलालका विरुद्ध निर्मम तरिकाले सङ्घर्ष गर्ने नेता पुनकोे भनाई थियो ।

कार्यक्रममा पार्टीका कञ्चनपुर सचिव रमेश परियार, अन्य पार्टीका नेता कार्यकर्ता र पत्रकारहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :