दोलखामा जनसंगठन तथा जनसेवा अभियान उद्घाटन

दोलखामा जनसंगठन तथा जनसेवा अभियान उद्घाटन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दोलखाले जनसंगठन तथा जनसेवा अभियानको उद्घाटन गरेको छ । कालिन्चोक १, बेगुम्पामा सयौँको जनसभागितामा अभियानको उद्घाटन गरिएको हो ।

अभियानको उद्घाटन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज प्रवीणले जनताको सेवा गर्ने आफ्नो पार्टीमात्र भएको बताए । राष्ट्रियता, जनतन्त्र र जनजीवीका मुद्दा जोड्दार रुपमा उठाउँदा दलाल सरकारले आफ्नो पार्टी र जनतालाई प्रतिबन्ध लगाएको भन्दै उनले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने सवालमा सरकार उदासीन रहेको बताए । साथै उनले दलाल संसदीय व्यवस्था र संसदवादी पार्टीहरू असफल तथा अक्षम भएकोले अब जनमतसंग्रह मार्फत व्यक्ति र पार्टी होइन व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुपर्ने बताए ।

आफ्नो पार्टीले ल्याउन खोजेको वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र जनताका गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, संचार, यातायात आदिको ग्यारेन्टी हुने नेता प्रविणले बताए । कार्यक्रममा जिल्ला पार्टी सचिव आकाशले जिल्ला पार्टीको समग्र योजनाको ब्याख्या गरे । निवर्तमान इन्चार्ज तथा विशेष कमिटीका यादव दाहाल र मजदुर संगठनका तामसालिङ संयोजक जीत थामीले अभियान सफलताको शुभकामना दिए । आइतबार सम्पन्न कार्यक्रम पदम थामीको अध्यक्षता र राजकुमार लामिछानेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :