अर्घाखाँचीको चुरे दोहनको हामी प्रतिवाद गछौँ : महासचिव विप्लव

अर्घाखाँचीको चुरे दोहनको हामी प्रतिवाद गछौँ : महासचिव विप्लव

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई अर्घाखाँची जिल्लाका सेक्रेटरी खेम घर्ती र कपिलबस्तु जिल्ला सेक्रेटरी कमल केसीले संयुक्त रुपमा भेटघाट गरी अर्घाखाँची जिल्लाको समसायमिक विषयमा जानकारी गराएका छन् ।

भेटमा महासचिव विप्लवले प्रकृतिबाट निःशुल्क उपहारको रुपमा भएका प्राकृतिक सम्पदा चुरे दोहन चुनढुङ्गा काठको अबैध रुपमा चोरी निकासी गर्नु जनतालाई सिंहदबारको अधिकारको नाम स्थानीय तहमा विकास निर्माणमा भएको अनियमितताप्रति चाँसो प्रकट गर्दै सबै सचेत नागरिक गम्भीर हुनुपर्ने बताउँदै आफ्नो पार्टी जनताको जनजीविका, राष्ट्रियता, जनतन्त्रको सवालमा दृढ रहेकोले जिल्लाबासीका समस्याप्रति गम्भीर रहेको बताए ।

महासचिव विप्लवले प्रकृतिका समस्या र स्थानीय सरकार समस्याप्रति राज्यले गम्भीर कदम नचाले आफ्नो पार्टीले कठोर कदम चाल्न बाध्य हुने बताउँदै पछिल्लो समय जिल्लामा लोडसेडिङ्ग मुक्त धोषणा भयो भनेर भाषण बाजी वक्तव्य बाजी गर्दै हिड्ने नेताले अझैँ पनि जनतालाई अध्यारोमा राख्नु दुःखद भएकोले आफ्नो पार्टीको यसमा गम्भीर ध्यानआकर्षण भएको बताए ।

भेटमा विप्लवले देशमा कोरोेना र प्राकृतिक विपत्ति बाढीपहिरोले जनतालाई प्रत्यक्ष रुपमा असर गरेता पनि वर्तमान सरकारले कुनै ठोस निकाश निकाल्न नसक्दा जनताको जीवनस्तर कठिनाईपूर्ण भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :