महिलाहरुको मुक्ति बैज्ञानिक समाजवाद हुन्छ : शाह

महिलाहरुको मुक्ति बैज्ञानिक समाजवाद हुन्छ : शाह

काठमाडौँ : धनुषामा अखिल नेपाल महिला संघ क्रान्तिकारीको भेला सम्पन्न भएको छ । भेलालाई सम्वोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य कमरेड देवनारायणले संसारको संरक्षक महिला भएर पनि दासी बन्नु पर्ने र दोस्रो दर्जाको नागरिक बनाईनुपर्ने विडम्वना भएको बताए । साथै उनले महिलाहरु बोक्सीको आरोपमा जिउँदै जलाईने जस्ता गम्भिर खालका उत्पीडनमा पर्नुको कारण बर्तमान सामन्तवादको जगमा उभिएको दलाल संसदीय व्यवस्था भएको बताए । कुनै पनि हालतमा महिलाहरु पुरुषभन्दा कम नभएको भन्दै उनले गौरवशाली १० वर्षीय जनयुद्धमा महिलाहरुले प्रदर्शन गरेको विरता, वलिदान र सहभागीताको चर्चा गरे । साथै उनले एकीकृत जनक्रान्तिको बाटोबाट आउने बैज्ञानिक समाजवादले मात्र महिलाहरुको अधिकार सुरक्षित गर्ने भन्दै बैज्ञानिक समाजवाद नै जनताको उन्नत व्यवस्था भएको बताए । गणेशमान चारनाथ नगरपालीकामा शुक्रबार सम्पन्न भेलामा १ सय १३ जनाको सहभागिता रहेको थियो । भेलाले मनदीरा लामाको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको छ । उक्त भेलामा पार्टीका जिल्ला सदस्य तथा नगर सेक्रेटरी रामजी साह, जिल्ला सदस्य राजकुमारी महरा लगायतको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :