चितवनको चेपाङ बस्तीमा वाढीले घरसहित ४ जनालाई बगायो

चितवनको चेपाङ बस्तीमा वाढीले घरसहित ४ जनालाई बगायो

चितवनको राप्ती नगरपालिका वडा नम्बर १२ पर्खालमा रहेकाे चेपाङ बस्तीमा आएको वाढीले एउटा घरसहित सपरिवारलाई बगाएको छ । बिहीबार आएको वाढीले घर बगाउँदा परिवारका ३ जना सदस्य अझैसम्म भेटिएका छैनन् भने एक जनाको मात्र शव भेटिएको स्थानीयले बताएका छन् ।

मोतीलाल चेपाङ, छोरा कृष्ण चेपाङ श्रीमति निशा चेपाङ र एक वर्षको छोरीलाई वाढीले बगाएको हो । अहिलेसम्म मोतीलाल चेपाङको शव मात्र भेटिएको छ भने अन्य तीन जना वेपत्ता रहेका छन् । पहिरोका कारण खोजि कार्यमा कठिनाई भइरहेको स्थानीय बाबुराम चेपाङले बताएका छन् । हिजो बिहान ६ बजेतिर आएको वाढीले बगाउँदा अझै तीन जना हराइरहेका छन् तर उक्त खोजि कार्यमा अहिलेसम्म कुनै स्थानीय प्रशासन नआएको पनि स्थानीयले बताए । 

अर्का बखत चेपाङको घर, पशुचौपाया, बल बहादुर चेपाङ, अमर चेपाङको पनि गाई, गोरु, कुखुरा, अन्नपात पनि बगाएको छ । अहिले स्थानीयहरु बिचल्ली अवस्थामा रहेको त्यहाँबाट किरण लामाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :