मजदुर सङ्गठनले गरे स्वास्थ्य समाग्री वितरण

मजदुर सङ्गठनले गरे स्वास्थ्य समाग्री वितरण

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको आङ्गिक सङ्गठन अखिल नेपाल क्रान्तिकारी स्वास्थ्य तथा सरसफाई मजदुर सङ्घले अहिलेको कोरोना महामरीको बीच अहोरात सुरक्षामा खटिने सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

का. न. पा. १५ वडामा रहेको स्वायम्भू प्रहरी प्रभाग प्रमुख रञ्जित भट्ट र ट्राफिक प्रहरीको सई किसोर नेपालीको उपस्थितिमा सेनेटाईजर र माक्स हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा स्वास्थ्य सरसफाई मजदुर सङ्घका अध्यक्ष रामचन्द्र थापामगर सोही सङ्घका उपाध्यक्ष जुना दाहाल महासचिव सिर्जना सिजापति विवेक र सन्तोष तिवारीको उपस्थित रहेको थियो ।

उक्त स्वास्थ्य सामग्री महासङ्घको संयोजक बिनोद थापा र उपत्यका क्षेत्रीय समन्वय समितिका संयोजक सिसिरको उपस्थितिमा हस्तान्तरण गरेको ई–रातोखबरलाई प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :