चितवनका राजनैतिक दलहरूले भने – ‘सारै वेतिथि भयो’

चितवनका राजनैतिक दलहरूले भने – ‘सारै वेतिथि भयो’

काठमाडौँ : चितवनका विभिन्न चार वटा राजनैतिक दलहरूले जिल्लाको रत्ननगर नगरपालिकामा भएका विभिन्न विषयलाई लिएर नगरप्रमुखको ध्यानाकर्षण गराएका छन् । नगरपालिकाले आफूखुसी तरिकाले काम गरेको र विभिन्न खालका विकृति विसङ्गती गरेका कारण आम जनतामा निराशा उत्पन्न भएको भन्दै ति राजनैतिक दलहरूले ध्यानाकर्षण गराएका हुन् ।

रत्ननगर नगरपालिकाका चार राजनैतिक दलहरू नेपाल कम्युनिस्ट पार्टीका अर्जुन ढकाल, देजमोका मोदनाथ मरहठ्ठा, नेकपा (माले) का रामहरी लम्साल र राष्ट्रिय जनमोर्चाका नारायण दाहालले नागरपालिका भित्र भएका विभिन्न खालका समस्याहरूलाई लिएर ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले बुझाएको ज्ञापनपत्रमा नगरपालिका भित्र लक्षित समूहका लागि दिने भनिएको खोप, विभिन्न ठाउँमा हुने नियुक्तिहरूदेखि भिभिन्न खालका योजनाहरूमा पहुँचवालाहरूको चलखेल र मनमरी भएको भन्दै ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :