नेकपाद्वारा सहिद परिवारलाई खाद्यान्न व्यवस्थापन

नेकपाद्वारा सहिद परिवारलाई खाद्यान्न व्यवस्थापन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँमा उपलब्ध एकीकृत जनक्रान्तिका सहिद परिवारहरूलाई भेटघाट गरी अत्यावश्यक खाद्यान्न व्यवस्थापन गरेको छ । पार्टीका वैकल्पिक केन्द्रीय सदस्य अजुनको विशेष उपस्थितिमा गरिएको भेटघाटमा र रसुवा जिल्ला सेक्रेटरी विराज, अखिल नेपाल किसान महासङ्घका अध्यक्ष हरि श्रेष्ठ र पदमको उपस्थिति रहेको थियो । विमल खड्काको विशेष पहलमा युवा व्यावसायी विकास वाग्ले र दिपराज कुलुङको सहयोगमा सो खाद्य सामाग्री हस्तान्तरण गरिएको हो ।

उक्त भेटघाटका क्रममा पार्टी केन्द्रीय सदस्य अर्जुनले एकीकृत जनक्रान्तिका सम्पूर्ण सहिद परिवारहरूको व्यवस्थापन पार्टीले गर्ने वताए । उनले कोभिड महामारीका समयमा पनि पार्टी निरन्तर जनसेवामा नै भएकाले लामो समयको बन्दका कारण समस्या परेकाहरूलाई पार्टीले सहयोग गरिरहेको बताए । यस्तै नेकपा रसुवाका सेक्रेटरी विराजले यो दलाल संसदीय व्यवस्थामा जनताले दुःख सास्ती मात्र पाउँने हुँदा वैज्ञानिक समाजवादले मात्र सबै समस्याको हल गर्नसक्ने बताउँदै कोरोनाका कारण देखिएको स्वास्थ्य समस्या र उपचारको नालायकीपनले सरकार निकम्मा साबित भएको बताए ।

त्यसैगरी किसान महासङ्घका अध्यक्ष हरि श्रेष्ठले संसदीय पार्टीका अहिलेको गतिविधिले जनता निरास भएकाले अव संसदीय चुनावबाट कुनै निकास ननिस्कने हुँदा जनमत सङ्ग्रहको चुनावमा जन पार्टीले पहल गरिरहेको बताए । सहिद कृष्णप्रसाद भण्डारी ‘निरन्तर’का परिवार पुनमाया डंगोलले जनयुद्धका सहिद परिवारको जस्तो हालत नहोस् भन्दै वैज्ञानिक समाजवादका निम्ति गरिएको बलिदान खेर नजाने कुरामा आफू विश्वस्त भएको बताइन् । सहिद रामकुमार श्रेष्ठका आमाले आफ्नो सबै थोक पार्टी नै भएकाले छोराको सपना पूरा गर्न आफू पनि लाग्ने प्रतिबद्धता व्यक्तसमेत गरिन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :