पोखराको सस्तो बजारमा तनाव/प्रहरी र व्यवसायी बीच झडप

भीम चापागाईँ/पोखरा, साउन १९ः विहिबार पोखराको सस्तो बजारमा प्रहरी र व्यवसायीबीच झडप भई तनाव सिर्जना भएको छ । झडपमा परी एकदर्जन बढी व्यवसायी घाईतेसमेत भएका छन् । नेपाल बायु सेवा निगमको स्वामित्वमा रहेको उक्त सस्तो बजार हटाउने षड्यन्त्र स्वरुप ३५ दिन अघि ताला बन्दी गरिएको थियो । उक्त षड्यन्त्रका विरुद्ध त्यहाँका व्यवसायीहरु आन्दोलन गर्दै आइरहेका छन् । सस्तो बजारमा लगाइएको ताला फोरेर आ–आफ्नो स्टोरमा प्रवेश गर्ने क्रममा व्यवसायीहरुमाथि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।

 

यो पनि पढ्नुहोस्ः पोखरा सस्तो बजारमाथिको दमनको विरोध : प्रकाण्ड, प्रवक्ता – नेकपा

 

२०७४ साउन १९ गते ७ः२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :