पोखरामा विद्यार्थीको २१औं जिल्ला सम्मेलन तयारी तीव्र

पोखरा / साउन १९ : विप्लव नेतृत्वकाे नेकपा निकट अखिल (क्रान्तिकारी) कास्कीले २१ औं जिल्ला सम्मेलन भदौ ३१ र ३२ मा २१औं जिल्ला सम्मेलनको तयारी रहेको बेला अखिल (क्रान्तिकारी) ले सम्मेलनको पुर्व सन्ध्यामा संगठन विस्तारलाई तीव्रता दिएको छ । भाद्र ३१ र ३२ गते गर्ने २१ औं जिल्ला सम्मेलनको तयारी रहेकोले व्यापक कास्की जिल्लामा सञ्चालित विधालय र क्यामपसहरुमा व्यापक सङगठन विस्तार गरिएको सम्मेलन आयोजक समितिका सदस्य तथा प्रचार विभाग प्रमुख आश तमुले बताएका छन । हालसम्म विस्तारको क्रममा पोखरा लेखनाथ महानगरपालिका भित्रका जनप्रिय मावि सिमल चौरमा शान्ति श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय समिति गठन भएको छ । त्यसैगरी नयाँबजारस्थित महेन्द्र माविमा सुनिल बिकको अध्यक्षतामा ३५ सदस्यीय, अभियानकै क्रममा इन्द्रराज्यलक्ष्मी माविमा विक्रम थापाको संयोजकतामा २३ सदस्य, विन्ध्याबासिनी मावि बाटुले चौरमा प्रभात मगरको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरिएको तमुले बताएका छन । संगठनको राष्ट्रिय सम्मेलनकोसमेत तयारीमा रहेकोले साउन ४ गते भएको जिल्ला भेलाले कास्की जिल्लाका अध्यक्ष मिलन राईको सयोजकत्वमा ३५ सदस्यीय २१ औं कास्की जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको थियो ।

२०७४ साउन १९ गते ७ :१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :