सिक्किममा गोर्खाल्याण्डको पक्षमा विशाल प्रदर्शन / भारतीय सरकारले न्याय दिन गोर्खाल्याण्ड राज्य दिनैपर्छ : सदामवासी

काठमाडौं / साउन १९ :  दक्षिण सिक्किमको विचारकै इपिसेन्टर मानिने सदाम गाउँले बुधबार नेपालीभाषीले संविधानले प्रदान गरेको अधिकार छुट्टै राज्य गठन गराउने मागको स्वरलाई अझ बुलन्द पार्दै विशाल जुलुससहित प्रदर्शन गरेको छ । सदामवासीले नेपालीभाषीको मागलाई भारतीय सरकारले न्याय दिन गोर्खाल्याण्ड राज्य दिनैपर्छ बताएका छन् । प्रदर्शनमा विशाल जनसमुदायको समर्थनमा सरकारी कर्मचारी, राजनैतिककर्मी, विद्यार्थी, शिक्षक, आम गाउँले, साहित्यकार, कलाकारले सहर्ष उपस्थिति रहेका थिए । सदाम खेल मैदानबाट जुलुस आरम्भ हुन अघि अखिल सिक्किम सरकारी अवकाशप्राप्त कर्मचारी संगठनका प्रतिनिधि पीबी गुरुङले  सम्वोधन राख्दै छुट्टै राज्य गोर्खाल्याण्ड गठनको आवश्यकता र यसको निम्ति सिक्किमबाट हुनपर्ने पहल आफूहरु गर्ने बताएका छन् । यसैगरि कार्यक्रममा जातीय उत्थानका कविता वाचन र मनतव्य पनि प्रस्तुत गरिएको थियो ।

२०७४ साउन १९ गते ६ :०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :