मुग्लिन–नारायणगढ सडक शुक्रबार पनि बन्द हुने

काठमाडौं / साउन १९ : बुधबारदेखीको भीषण वर्षाका कारण मुग्लिन–नारायणगढ सडक खण्डको दर्जन भन्दा बढी स्थानमा लगातार पहिरो गइरहेको छ । बुधबार पहिरोमा परेर यात्रु बाहक साधन त्रिशुलीमा खसेको थियो । अर्को जिप पुरिएकै अवस्थामा बिहीबार अर्को मालबाहक साधनलाई पहिराले पुरेको छ । चितवनका ट्राफिक प्रहरी नीरिक्षक सन्तोष पन्तकाअनुसार शुक्रबार पनि सो सडकखण्ड बन्द नै रहने छ ।

२०७४ साउन १९ गते ९ :२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :