ट्रेड युनियन कास्कीद्वारा राहत वितरण

ट्रेड युनियन कास्कीद्वारा राहत वितरण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कास्कीले आज पोखरामा ६० घरपरिवार मजदुरलाई राहत वितरण गरेको छ ।

ट्रेड युनियन कास्की, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), दलित मुक्तिमोर्चा नेपाल कास्कीको सहकार्यमा पोखरामा मजदुरी गर्दै आएका लामो दूरीको यातायातमा काम गर्ने मजदुर, ट्याक्सी चालक, होटेल मजदुरलगायत विभिन्न क्षेत्रमा काम गर्ने कोरोनाका कारण समस्यामा परेका मजदुरलाई राहतस्वरूप दाल, चामल, नुन, तेललगायत अत्यावश्यक खाद्य वस्तुहरू पार्टीका जिल्ला सेक्रेटरी गोकुल पराजुलीको उपस्थितिमा वितरण गरिएको हो ।

सरकारले कोरोनाको नयाँ भेरिएन्टको उच्च सतर्कताका लागि सुरक्षाका लागि भन्दै लगाएको लकडाउनका कारण दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुरहरूमाथि परेको समस्यालाई केही राहत हुने अपेक्षा गरेर आफूहरूले राहत वितरण गरिरहेको ट्रेड युनियन कास्कीका संयोजक लेखनाथ सापकोटाले बताए ।

यस्तै नेकपा कास्कीले स्थानीय सरकारलाई बारम्बार आह्वान गर्दा पनि नागरिकको सामान्य ख्यालसमेत नगरी बेवास्ता गरेपछि आफूहरूले समस्यामा परेका जनतालाई राहत दिइरहेको नेकपा कास्कीका सेक्रेटरी पराजुलीले बताए ।

यस्तै समस्यारत किसान, मजदुर, सुकुमबासी र दृष्टिविहीनहरूका परिवारलाई पनि राहत वितरण गर्ने जानकारी उनले दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :