कैलालीमा कोरोना उपचारको विशेष प्रभावकारी कार्यक्रम ल्याऊ : नेकपा

कैलालीमा कोरोना उपचारको विशेष प्रभावकारी कार्यक्रम ल्याऊ : नेकपा

कैलाली : कोरोना महामारीपछि गरिएको बन्दाबन्दीका कारण प्रभावित भएकाहरूलाई राज्यले बेवास्ता गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी कैलालीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार विज्ञप्ति जारी गरी नेकपा कैलालीका इन्चार्ज ओमप्रकाश पुन र सेक्रेटरी दीपेन्द्र चलाउनेले कोरोना सङ्क्रमितको उपचारका नाममा सरकारी तथा निजी अस्पतालमा अनिमियतता भैरहेको भन्दै उपचारका नाममा हुने व्यापार बन्द गर्न माग गरेका छन् । उनीहरूको विज्ञप्तिमा जनताको जिउधनको सुरक्षा गर्नुका साथै बजेटमा समेत राहतका कार्यक्रमहरू घोषणा गर्न माग गरिएको छ ।

कोरानाबाट भन्दा भोकका कारण मान्छे मर्ने अवस्था आएको भन्दै विज्ञप्तिमा कैलाली सीमावर्ती जिल्ला र निकै प्रभावित जिल्ला भएकाले विशेष प्रभावकारी कार्यक्रम ल्याउन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :