अखिल (क्रान्तिकारी) र जनस्वास्थ्यकर्मी महासङ्घद्वारा कोरोना भाइरसविरुद्ध जनचेतना

अखिल (क्रान्तिकारी) र जनस्वास्थ्यकर्मी महासङ्घद्वारा कोरोना भाइरसविरुद्ध जनचेतना

नवलपुर : अखिल (क्रान्तिकारी) नवलपुरले अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घको समन्वयमा कोरोना भाइरसविरुद्ध स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका गैँडाकोट र देवचुली नगरपालिकामा भौतिक दूरी कायम राख्दै शनिबार विद्यार्थी नेता-कार्यकर्ताको उपस्थिति र स्थानीय जनसमुदायको सहभागितामा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घका केन्द्रीय उपाध्यक्ष पिताम्बर भुर्तेलले विद्यार्थीलाई मास्क कसरी लगाउने, किन लगाउने, यसको उद्देश्य के र आम जनसमुदायलाई सुरक्षित रहन कसरी अपिल गर्ने भन्ने विषयमा प्रशिक्षण दिएका थिए । विद्यार्थी नेता–कार्यकर्ताले भौतिक दूरी कायम राख्दै जनसमुदायलाई मास्क वितरण गरेका थिए ।

अखिल (क्रान्तिकारी) नवलपुर जिल्ला अध्यक्ष स्वरूपले कोरोना भाइरस सङ्क्रमणविरुद्ध विद्यार्थी अभियानअन्तर्गत विभिन्न कार्यक्रमले विद्यार्थीलाई जनताको सेवामा जोड्न उत्प्रेरित गरेको र व्यावहारिक भएको धारणा राखे । उनले शिक्षालाई श्रमसँग जोड्न र सेवामूलक बनाउन आवश्यक रहेको पनि बताए । स्वरूपले आफ्नो सङ्गठन निरन्तर वैज्ञानिक शिक्षाका पक्षमा सङ्घर्ष गरिरहेको पनि बताए । सङ्कटको बेला अन्य राजनीतिक दल र सङ्गठनहरु सत्तास्वार्थमा केन्द्रित भइरहँदा नेपाल कम्युनिस्ट पार्टी र आफ्नो सङ्गठन भने निरन्तर कोरोनाविरुद्ध जनसेवामा जुटिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :