नेकपा रसुवाद्वारा कोरोना प्रभावित असहायलाई राहत वितरण

नेकपा रसुवाद्वारा कोरोना प्रभावित असहायलाई राहत वितरण

रसुवा : नेपाल कम्युनिस्ट पार्टी रसुवाले कोरोना भाइरस सङ्क्रमण र लकडाउनका कारण समस्यामा परेका मजदुर र विद्यार्थीलाई अत्यावश्यक खाद्यान्न सामग्री उपलब्ध गराएको छ ।

पार्टीका जिल्ला सेक्रेटरी हरि नेपाली र युवा सङ्गठनका जिल्ला संयोजक जीवन तामाङको विशेष पहलमा युवा व्यवसायी विनोद बानियाँको सहयोगमा उक्त राहत सामग्री वितरण गरिएको हो ।

राहत सामग्री वितरणका क्रममा सेक्रेटरी हरिले एकीकृत जनक्रान्तिको मूल मर्म जनसेवा नै भएकाले लामो समयको बन्दका कारण घर जान नसकी अलपत्र परेका रसुवा र नुवाकोटबासीलाई थोरै भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

यो दलाल संसदीय व्यवस्थामा जनताले दुःख–सास्ती मात्र पाउने र वैज्ञानिक समाजवादले मात्र सबै समस्याको हल गर्न सक्ने प्रस्ट पार्दै उनले कोरोनाका कारण देखिएको स्वास्थ्य समस्या र उपचारको नालायकीपनले सरकार निकम्मा साबित भएको पनि प्रस्ट पारे ।

कोरोना बिरामीका कारण अक्सिजन अभाव भएका बिरामीलाई दुईवटा अक्सिजन सिलिन्डरसमेत पार्टीले व्यवस्थापन गरेको जानकारी युवा सङ्गठनका संयोजक जीवनले दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :