काठमाडौँमा निषेधाज्ञा १५ दिन थपियो

काठमाडौँमा निषेधाज्ञा १५ दिन थपियो

काठमाडौँ: कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञा अब १५ दिन थपिएको छ । काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको अवधि दुई १५ दिनका लागि थप गर्दै जेठ १३ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको हो । कोरोनाको दोस्रो लहर शुरु भएपछि कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना महामारीका कारण देशका आधा भन्दा धेरै जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :