नेकपाद्वारा पार्टीपङ्क्तिलाई कोरोनाविरुद्धको लडाइँमा जुट्न निर्देशन

जनता विपत्तिमा परेका बेला भ्रष्टाचार, कमिसन र कालोबजारी गर्नेलाई कारबाही गर्न माग

नेकपाद्वारा पार्टीपङ्क्तिलाई कोरोनाविरुद्धको लडाइँमा जुट्न निर्देशन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले जनताको जीवनमा महाविपत्ति परेको बेला भ्रष्टाचार, कमिसन, कालोबजारी र अनियमितता गर्ने तत्वहरू जनताका निम्ति अपराधी भएकाले यिनीहरूलाई कारबाही गरी सङ्क्रमित जनताको उपचारलाई प्रभावकारी र पर्याप्त बनाउन सरकारको गम्भीर रूपमा ध्यानाकर्षण गराएको छ । नेकपाका प्रवक्ता प्रकाण्डले शनिबार बेलुका प्रेसविज्ञप्ति जारी गर्दै जनताको उपचारमा कुनै कसुर बाँकी नराख्न र सबै जनताको उपचार गराउन सरकारलाई आह्वान गरेका छन् ।

प्रवक्ता प्रकाण्डले जनताको आधारभूत आवश्यकता र मौलिक हकको प्रतिनिधित्व गर्ने देशको स्वास्थ्य क्षेत्र दलाल पुँजीवादी राज्यव्यवस्थाको चरित्रका कारण जनविरोधी, अक्षम, भ्रष्टाचारी, कमिसनखोरी, कालोबजारी, व्यापारीकरण र कृत्रिम अभाव सृष्टि गर्ने अखडा बनेको पनि बताएका छन् ।

प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय रूपमा देखापरेका करोडौँको कमिसनको खेलमा कोरोना भाइरसको भ्याक्सिन आपूर्तिमा अवरोध, स्वास्थ्य सामग्रीमा डरलाग्दो मूल्यवृद्धि, अक्सिजनमा कालोबजारिया, कोभिड १९ का बिरामीहरूको उपचारको अभाव र अस्तव्यस्तता दलाल पुँजीवादी चरित्रको व्यवस्थाकै कारण भएको उल्लेख छ । नेपाली जनताको जीवनमा आइलागेको सङ्कटपूर्ण अवस्थामा उपरोक्त प्रकृतिका डरलाग्दा घटना घटाइनुले संसदीय व्यवस्था दलाल पुँजीपति वर्गको प्रमाणित भएकोे र यसको परिवर्तन र नेपाली जनताको प्रतिनिधित्व गर्ने वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु अनिवार्य बन्न गएको पनि प्रकाण्डको विज्ञप्तिमा उल्लेख छ ।

साथै प्रकाण्डले विज्ञप्तिमार्फत जनताको जीवनमा सङ्कट र आपत आइलागेको यो घडीमा पार्टीका सम्पूर्ण नेता र कार्यकर्तालाई जनताको सेवामा समर्पित हुन आह्वान गर्दै साहस, सतर्कता र पारस्परिक सहयोगका माध्यमबाट कोरोना भाइरसविरुद्ध सङ्घर्ष गर्न आमनेपाली जनतामा हार्दिक अपिल गरेका छन् ।प्रेस विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :