अखिल (क्रान्तिकारी) द्वारा कोरोनाविरुद्धको अभियानमा लाग्न आह्वान

अखिल (क्रान्तिकारी) द्वारा कोरोनाविरुद्धको अभियानमा लाग्न आह्वान

काठमाडौँ : अखिल (क्रान्तिकारी) ले कोरोना महबमारीले देश आक्रान्त भएको कारण व्यक्तिगत दूरी कायम गर्दै महामारीविरुद्धको अभियानमा लाग्न सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिएको छ ।
सङ्गठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाको दोस्रो लहरले सम्पूर्ण मानवजीवन सङ्कटपूर्ण बनाएको र यो विषम परिस्थितिमा सुरक्षा र उपचार सहज तरिकाले नहुने भएकाले सङ्गठनको राष्ट्रिय सम्मेलन स्थगित गरिएको उल्लेख छ ।
ढकालको विज्ञप्तिमा भनिएको छ, ‘सङ्गठनको पाँचौँ पूर्ण बैठकले तय गरेको राष्ट्रिय सम्मेलन गर्ने योजनाअनुसार देशैभरि प्रचारप्रसार, जिल्ला भेला, सम्मेलनहरू, पोस्टरिङ, भित्तेलेखनलगायत तयारी भैरहेको भए पनि कोरोनाका कारण राष्ट्रिय सम्मेलन स्थगित गरिएको हो ।’
क्रान्तिकारीले यही वैशाख ३१ देखि जेठ ३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको थियो । तर कोरोनाको दोस्रो लहर फैलिएसँगै क्रान्तिकारीले राष्ट्रिय सम्मेलन स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :