नेकपा कञ्चनपुरद्वारा भित्तेलेखन

नेकपा कञ्चनपुरद्वारा भित्तेलेखन

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरद्वारा शुक्रबार भित्तेलेखन कार्यक्रम सम्पन्न भएको छ । उक्त भित्तेलेखन कञ्चनपुरको ब्रह्मदेव बजारका खाली भित्ताहरूमा गरिएको हो ।

विश्व–महामारीका रूपमा रहेको कोरोना भाइरसका कारण पार्टीको प्रचारप्रसार, जनजागरण र अन्य कार्यक्रम बन्द रहेको र स्वास्थ्य मापदण्ड पूरा गरेर धेरै भीडभाड नगरी भित्तेलेखन गरिएको नेकपा कञ्चनपुरले जनाएको छ ।

‘कोरोना महामारीका बेला भइरहेको कालोबजारी र कृत्रिम सङ्कट नियन्त्रण गर, भौतिक दूरी कायम गरौँ, अनिवार्य माक्सको प्रयोग गरौँ, कोरोनाबाट बचौँ र बचाऔँ, असफल पुँजीवादी व्यवस्था खारेज गर, एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवादी व्यवस्था लागू गरौँ’ लगायत नाराहरूले भित्ता रङ्ग्याइएको पनि समाचारमा जनाइएको छ ।

उक्त कार्यक्रममा कञ्चनपुरका युवा नेता दीपेन्द्र ऐरीलगायतको टिम सहभागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :