नेकपाका नेता नविन तौलिहवा कारागारबाट रिहा

नेकपाका नेता नविन तौलिहवा कारागारबाट रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रूपन्देही जिल्ला सचिवालय सदस्य नविन रिहा भएका छन् । नेता नविन बिहीबार कपिलवस्तुको तौलिहवा कारागारबाट रिहा भएको नेकपाले जनाएको छ । रिहाई पश्चात् नेता नविनलाई नेकपाका रूपन्देही जिल्ला सेक्रेटरी विश्वासले बधाईसहित स्वागत गरेका थिए ।

राज्यले नेकपामाथि प्रतिबन्ध लगाएको अवस्थामा २०७७ साउन १६ गते नेकपाका तत्कालिन रूपन्देही जिल्ला इन्चार्ज संगम, विश्वास, नविन, पारस राहादी मगर, अज महमद, बलबहादुर दर्जी, सरिता बराह, बासुदेव रिजाल, माधव न्यौपाने र तुल्सीराम भण्डारीलाई लकडाउनको समयमा जनताको बीचमा जनस्वास्थ्य, जनजीविकाको सवालमा छलफल गरिरहेको बेला रूपन्देही जिल्लाको रानीगन्जबाट गिरफ्तार गरेको थियो । नेकपाका तत्कालिन रूपन्देही जिल्ला इन्चार्ज संगम अझैँ पनि तौलिहवा कारागारमा बन्दी जीवन बिताइरहेका छन् ।

नेकपा र नेपाल सरकारबीच गत फागुन २१ गते भएको तीनबुँदे सहमतिअनुसार नेकपामाथिको प्रतिबन्ध फुकुवा लगत्तै जेल र हिरासतमा रहेका नेकपाका थुप्रै नेता तथा कार्यकर्ताहरू रिहाई भइसकेका छन् भने अन्य नेता कार्यकर्ताहरू पनि रिहाई हुने प्रक्रिया जारी छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :